नेकपा भोजपुरले मार्क्सवादी अध्ययन केन्द्र सञ्चालन गर्ने

२०८१ भाद्र ६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी भोजपुरले मार्क्सवादी अध्ययन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । नेकपाका केन्द्रिय सदस्य एवम् भोजपुर इन्चार्ज त्रिलोचन सीले बुधबार सम्पन्न जिल्ला समितिको बैठकले उक्त निर्णय गरेको जानकारी दिए । नेता त्रिलोचन सीका अनुसार उक्त बैठकले काजी दाहालको नेतृत्वमा अध्ययन केन्द्र सञ्चालन गर्ने , संगठनलाई विस्तार गर्ने, विद्यार्थी र युवा संगठनको अभियान सञ्चालन गरि भ्रष्टाचार, सामाजिक विकृति विसङ्गतिको भण्डाफोर गर्ने र शिक्षा, स्वास्थ लगायत स्थानीय विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध जनसंघर्ष सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका १ नम्बर प्रदेश इन्चार्ज एवम् पोलिटब्युरो सदस्य दिपेश सीले देशमा विद्यमान आर्थिक सामाजिक संकटको प्रमुख कारण अहिलेको सत्ता भएकोले त्यसलाई बदल्न र संकटको निकासका लागि नेपाल कम्युनिस्ट पार्टीले जनताको नेतृत्व गर्ने समय आएको बताए ।
त्यस्तै बैठकमा मन्तव्य राख्दै केन्द्रिय सदस्य त्रिलोचनले देशको आजको अवस्था र समस्याहरुबाट अगाडि बढ्न नेपाली विशेषताको समाजवाद निर्विकल्प भएको भन्दै देशभक्त, समाजवादी, कम्युनिस्ट र सच्चा लोकतन्त्रवादीहरु सहकार्य र एकताबद्ध हुनुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी भोजपुरका सचिव तिलक सीले बैठकको अध्यक्षतासहित सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु