संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभावाट पारित
२०८१ भाद्र ६ गते, बिहीबार
काठमाडौँ । राष्ट्रियसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ। राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पारित भएको हो।
सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए। मन्त्री चौरसियाको प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा पारित गरेको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।