नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित , जयन्ती राई विजयी
२०८१ भाद्र १२ गते, बुधबार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन । मंगलबार राती आएको मत परिणाम अनुसार राईले १८९ मत ल्याएर रामकुमारी झाक्रीलाई पराजित गरेकी हुन् । रामकुमारी झाक्रीले ११२ मत ल्याएकि थिइन् ।
यसैगरी, नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी भएका छन् ।
त्यस्तै चार उपमहासचिवमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन्। त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन्। चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो।