नेकपाद्वारा अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक नीतिको विरोध

२०८१ कार्तिक १७ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिको विरोध जनाएको छ । सो पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले क्ष्लतभचलबतष्यलब िच्भष्निष्यगक ँचभभमयm यच द्यभष्भिा ब्ििष्बलअभ नामको सञ्जाल बनाएको भन्दै विरोध जनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य खगेश्वर सी द्वारा जारी विज्ञप्तिमा धार्मिक स्वतन्त्रताको नाममा अमेरिकी सरकारले धार्मिक नीति विश्वभरी लागु गर्दै विश्वलाई अनावश्यक धार्मिक द्वन्दमा धकेल्ने र राजनीतिक स्वार्थ बढाउने चेष्टा गरेको उल्लेख गरिएको छ ।

 विज्ञप्तिमा अमेरिकाले अगाडि सारेको धार्मिक नीति नेपाली धर्म संस्कृत र रीतिरिवाजमा समेत हमला गर्न खोजेको भन्दै अमेरिकी कुटिलशैली विरुद्ध कडा विरोध जनाउन सबैलाई अपिल समेत गरिएको छ ।

यस विषयमा नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य खगेश्वर सी द्वारा जारी विज्ञप्ति यसप्रकार रहेको छ–’ संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सम्प्रदायबीच बैमनस्यता सिर्जना उत्पन्न गर्ने अभिप्रायले क्ष्लतभचलबतष्यलब िच्भष्निष्यगक ँचभभमयm यच द्यभष्भिा ब्ििष्बलअभ नामक सञ्जाल खडा गरेर संसारभरी नै धर्मको आवरणमा आफ्नो अभियान चलाउने नीति पास गरेको छ । उक्त साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पुरा गर्न अघि सारिएको धर्मराजनीति हो । यसले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिक संस्कृतिमा हस्तक्षेप गर्ने मात्र नभई देशहरूमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउँछ । यो अमेरिकी भूमण्डलीकृत साम्राज्यवादी नीति लागू गर्ने हस्तक्षेपकारी कदम हो । यसप्रति विश्वभरका स्वाधिनता प्रेमी जनताले तीव्र विरोध गररिहेका छन् । उक्त अमेरिकी नीतिले नेपालको स्वाधीनता, परम्परा, नेपालीजनका स्थानीय रितिरिवाज एवं संस्कारलाई तहसनहस पार्ने देखिन्छ । तसर्थ अमेरिकाको यस्तो हस्तक्षेपकारी नीतिको हाम्रो पार्टी कडा शव्दमा विरोध गर्दछ साथै यस्ता कुटिल चालबाट जनतालाई सचेत हुनका लागि विशेष अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]