प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबार ज्वरो आएको उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री ओलीको रगत परीक्षणका लागि ल्याब पठाइएको छ ।
प्रेस संयोजक बजगाईँका अनुसार ज्वरो आएपछि उहाँको रगत परीक्षण गर्न ल्याब पठाइएको छ । रिपोर्ट आएपछि बाँकी कुरा थाहा हुन्छ ।
बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ ।