विश्व स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । आज नोभेम्बर ९ अर्थात् विश्व स्वतन्त्रता दिवस । नेपालमा पनि स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै विविध कार्यक्रम गरी मनाइँदैछ। सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ। विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य हो।
अमेरिकाका पूर्व राष्ट्रपती जर्ज डब्ल्यु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वी र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यु वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।
विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन युवा विद्यार्थीहरू अनि रिपब्लिकन पार्टीका युवाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाउने गर्दछन् ।