सिन्धुलीगढी विजय उत्सव मनाइँदै

काठमाडौँ । आज कात्तिक २४ सिन्धुलीगढी विजय उत्सव। तत्कालीन गोर्खाली फौजले अंग्रेजलाई परास्त गरेको सम्झनामा आज सिन्धुली जिल्लाको सिन्धुलीगढीमा २५७ औं उत्सव मनाइँदैछ । भारतबाट आएको इष्ट इण्डिया कम्पनीको अंग्रेज फौजलाई सिन्धुलीगढीको युद्धमा गोर्खाली फौज र स्थानीय मिलेर पराजित गरेको दिनको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढीमा विजय उत्सव मनाउने गरिएको छ ।
गोर्खाली फौजले कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज (बेलायती फौज)लाई परास्त गरेर नेपालको अस्तित्व बचाएको सिन्धुलीगढीमा हरेक वर्ष कात्तिक २४ गते विजय उत्सव मनाउने गरिएको हो । विक्रम सम्वत १८२४ कात्तिक २४ गते भारतमा रहेको इस्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार ४ सय अंग्रेजी फौजलाई गोर्खाली फौजहरुले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा युद्व लडेर पराजित गरेका थिए । यसै दिनको सम्झनामा सिन्धुलीगढीमा विजयोत्सव मनाउने क्रममा हरेक वर्ष नेपालको राष्ट्रिय झण्डा फहराउने गरिन्छ ।