शीतल निवासको बगैचा सजाउन २४ लाख !

काठमाडौँ । राष्ट्रपतिको कार्यालयले शीतल निवासको बगैचा सजाउन २४ लाखको ठेक्का स्वीकृत गरेको छ। राष्ट्रपतिको कार्यालयले बिहीबार सूचना जारी बगैचा सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गरेको जनाएको छ ।
यसैगरी , राष्ट्रपतिको कार्यालयले कार्यालयको सरसफाइ तथा ढल व्यवस्थापनका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न जनाएको छ।
कार्यालयले २०८१ साउनमा उक्त ठेक्काको बोलपत्र आह्वान गरेको थियो। मूल्याङ्कन समितिले न्यून मूल्याङ्कन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको जनाएको छ।
