पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

२०८१ मंसिर ३ गते, सोमबार


काठमाडौँ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा
आज सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
ढुंगानाको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो दुई बजे निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।
ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।
वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु