भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिदै

२०८१ मंसिर ६ गते, बिहीबार


काठमाडौँ । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान गर्ने बताइएको छ । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
पाँच दिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]