नेकपा बृहत -यालीसहितको जनसभा गर्दै : मुख्य वक्ता महासचिव विप्लव सी

२०८१ मंसिर ८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसकाे अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा भव्य जनसभा गर्ने भएको छ । सो सभालाई पार्टीका महासचिव विप्लव सीलगायतका नेताहरूले सम्बाेधन गर्ने बताईएको छ ।
उक्त सभा हुनुअघि मध्याह्न १२ बजेबाट काठमाडौँकाे सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुबाट र्याली निकाली भृकुटीमण्डपमा पुग्ने र दिउँसो १ बजेबाट जनसभा हुने बताइएको छ ।
यसअघि ११ औं पार्टी पार्टी पूनर्गठन दिवसकाे अवसरमा नेकपाले मङ्सिर ५ गते पत्रकार सम्मेलन, ६ गते भक्तपुरकाे सल्लाघारीदेखि काठमाडौँका विभिन्न स्थानमा माेटरसाइकल रर्याली र मंसिर ७ गते देशव्यापीरुपमा दिपावली गरिसकेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीका अनुसार राष्ट्रिय स्वाधिनताको रक्षाका लागि संघर्ष गरौँ , नेपाली विशेषताको समाजवाद स्थापना गरौ भन्ने मूल नाराका साथ हुन लागेको उक्त बृहत् प्रदर्शनसहितको जनसभाको मुख्य वक्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी रहने छन् ।

प्रतिक्रियाहरु

[anycomment]