आठ एसएसपी डिआइजी बढुवामा सिफारिस

२०८१ मंसिर १० गते, सोमबार


काठमाडौँ । गृह मन्त्रालय बढुवा सिफारिस समितिको आइतबार राति बसेको बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस गरेको छ । बैठकले रिक्त आठ दरबन्दीमा बढुवा सिफारिस गरेको बढुवा समिति सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले बताए।
बढुवा हुनेमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ब्याचमेटबाट तीन जना एसएसपी छन्। उनीहरू २०५१ सालमा भर्ना भएका ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द छन्। यसपटक बढुवा नभएको खण्डमा उनीहरू एसएसपीबाटै अवकाशमा जान्थे।
यस्तै, २०५३ सालको भर्ना टोलीबाट सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।
यो टोलीबाट भावी प्रहरी महानिरीक्षकमा एक जना पुग्ने सम्भावना छ। २०५४ सालको टोलीका तीन जना एसएसपीको चर्को दबाबबीच यो बढुवा निस्केको हो।

प्रतिक्रियाहरु

[anycomment]