प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणमा उठाउनुपर्ने विषयबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन्। उक्त छलफलमा पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तथा पूर्वपरराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, भेषबहादुर थापा र डा. प्रकाशचन्द्र लोहनी सहभागी भएका थिए ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने तयारीमा छन्। तर अहिलेसम्म भ्रमणको एजेण्डा टुंगिसकेको छैन। बीआरआई परियोजना कार्यान्वयनका विषयमा हस्ताक्षर गर्ने नगर्ने विषयमा एमाले र कांग्रेसबीच कुरा नमिलेका कारण एजेण्डा टुंगो लाग्न नसकेको हो। एजेण्डा टुंगो लगाउन दुई दलले यसअघि नै संयन्त्र बनाएका छन्।