उद्योगमा बिजुली नकाट्न प्राधिकरणलाई निर्देशन

२०८१ मंसिर १२ गते, बुधबार


काठमाडौँ । विद्युत् नियमन आयोगले उद्योगमा बिजुली नकाट्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । नियमन आयोगले मंगलबार एक पत्र मार्फत ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विवादमा मन्त्रिपरिषदको निर्णय कार्यन्वयन गर्न तर उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको हो । टिओडी मिटर गणना लगायतका बिषयमा पछिल्लो पटक गठन भएको प्राविधिक समितिले प्रतिवेदन बुझाएर सरकारले निर्णय नलिएसम्मलाई उद्योगको लाइन नकाट्न नियमन आयोगले प्रकाशन गरेको निर्देशनमा भनिएको छ।
मन्त्रिपरिषदले गत कात्तिक २५ गते टिओडी मिटर गणनागरि १५ दिन भित्र बक्यौता उठाउन र उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको थियो। तर कात्तिक २८ मा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको निर्णयअनुसार लाइन जोडिएको तर आफुले पहिला पठाएकै बिल अनुसार बक्यौता तिर्न भन्दै उद्योगहरुलाई आफ्नै अडान अनुसारको निर्देशन तथा पत्राचार गरेका थिए। आफुले दिएको म्यादमा बक्यौता नतिरे लाइन काटीदिने चेतावनी दिएका थिए।
गत कात्तिक २५ को मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो ।
लगत्तै कात्तिक २७ मा प्राधिकरण सञ्चालक समितिले मंसिर १२ भित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो । प्राधिकरणले उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन दिएको अवधि बुधबार सकिँदै छ ।

प्रतिक्रियाहरु

[anycomment]