प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

२०८१ मंसिर १७ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन् । ओली बेइजिङ प्रस्थान गरेसँगै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम ओली नआउन्जेल सिंहले गर्ने छन् ।

प्रतिक्रियाहरु

[anycomment]