प्रधान सेनापति सिग्देल भारत भ्रमणमा जाँदै

२०८१ मंसिर २० गते, बिहीबार


काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन् । प्रधान सेनापति सिग्देल भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारत भ्रमणमा जाने नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ ।
भ्रमणका दौरान प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथी प्रदान हुने कार्यक्रम छ । यस्तै प्रधान सेनापतिले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने र भारतीय मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको जङ्गी अड्डाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु