‘ मजदुर गुलाम र दास नभई स्वाभिमानसहितको पौरखी हुन् ‘

काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष नारायण सीले मजदुर गुलाम र दास नभई स्वाभिमानसहितको पौरखी हुनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौँको चमतिस्थित एस. एण्ड. डि. ह्यान्डि क्रयाप (झोला उद्योग) मा आयोजित मजदुर इकाई गठन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अन्तर्राष्ट्रिय स्तरमा भएको पहिलो र दोस्रो विश्वयुद्धपछिको भू-राजनीतिक रुपमा आएको परिवर्तन, औद्योगिक क्रान्ति र समग्र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले त्यो बेला ल्याएको अकल्पनीय परिवर्तनले केही मजदुर हकको आधार तय भएपनि मजदुरको समग्र सुरक्षा र अधिकारको ग्यारेन्टी नभएको र पछिल्लो चरण त्यसको साटो मजदुरमाथि शोषणको रुप परिवर्तन भएको बताउँदै मजदुरमा स्वाभिमान हराउँदै गएको चाकडी र गुलाम प्रवृत्तिको विकास भएको बताए ।
सीता क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले सीता क्षेत्रीकै संयोजकत्वमा पछि १ जना थप्ने गरि ११ सदस्यीय इकाई समिति चयन गरेको छ । जसमा सीता क्षेत्री संयोजक, मोहम्मद मसि आलम सह-संयोजक र सदस्यहरुमा नजिर आलम, महम्मद सलम, जावेद हुसेन, महम्मद समसेर, सद्रय आलम, मेलिना श्रेष्ठ, मोहमद रियाज, बिनिता नेपालीलगायत रहेका छन् ।
महासंघको केन्द्रीय उपाध्यक्ष नारायण सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन महासंघका केन्द्रीय कार्यालय सचिव धर्म सीले गरेका थिए भने उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य दिनेश सी, उद्धव सीको विशेष उपस्थिति रहेको थियो । – धर्म सी