नेकपाकाे स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको छ । उक्त बैठकमा महासचिव विप्लव सीले सामायिक राजनीतिक परिस्थितिका बारेमा प्रस्ताव पेश गर्ने बताइएको छ । बैठकले नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको आगामी कार्ययोजना तय गर्ने स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताए ।

उनका अनुसार ६ महिने आवधिक योजनाको समिक्षा पनि गर्ने बताइएको छ । बैठकमा महासचिव विप्लव सीसहित प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्यहरु विषय सी, अनिल सी, उमा सी, भरत सी र सुशील सीको उपस्थिति रहेको छ ।