भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैं

२०८१ मंसिर २४ गते, सोमबार


काठमाडौं । आज डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।
ति संस्थाले भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि भएको छ । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण र जटिल बन्दै गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]