नेकपाकाे पाेलिट ब्युरो बैठक सुरु
![](https://janakhabar.com/wp-content/uploads/2024/12/pol.jpg)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पाेलिट ब्युरो बैठक आज मध्यान्हवाट पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको छ । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे प्रस्ताव प्रस्तुत गरेको बताइएको छ ।
![](https://janakhabar.com/wp-content/uploads/2024/12/cpn-sthay-1024x446.jpg)
उक्त प्रस्तावमाथि पाेलिट ब्युरो सदस्यले भोलिबाट धारणा राख्ने बताइएको छ । स्थायी समिति र पिबि बैठकलाई केन्द्रीय समितिकाे तयारी बैठककाे रूपमा लिइएकाे जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताएका छन् ।
![](https://janakhabar.com/wp-content/uploads/2024/12/cpn-polit-1024x194.jpg)