नेकपाकाे केन्द्रीय समितिकाे बैठक सुरु

२०८१ मंसिर २७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा उक्त बैठक सुरु भएको हो ।


उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे प्रस्ताव प्रस्तुत गरेको बताइएको छ ।


बैठकले गत ६ महिने आवधिक योजनाको समिक्षा गर्दै नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको आगामी कार्ययोजना तय गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]