पाँच देशमा राजदूत नियुक्त
२०८१ मंसिर २८ गते, शुक्रबार
काठमाडौँ । राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा देशका राजदूत नियुक्त गरेको जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले पोर्चुगल,स्पेन,दक्षिण अफ्रिका,बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।