नेकपाकाे केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वारा धारणा राख्ने क्रम जारी

२०८१ मंसिर २९ गते, शनिबार


काठमाडौँ । बिहिबारवाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक जारी रहेको छ । सो बैठक नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसी रहेको उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक माेर्चा खडा गराै ! समाजवादकाे नेतृत्वका लागि पार्टीलाई तयार पाराै !!’ भन्ने शीर्षकमा १७ पेज लामाे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको बताइएको छ ।

उक्त प्रस्तावमाथि शुक्रबार करिब तीन दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखी सकेको र सो क्रम आजपनि जारी रहने बताइएको छ। केन्द्रीय समितिकाे बैठकलगत्तै सिआरसीकाे बैठक प्रारम्भ हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]