नेकपा केन्द्रीय समितिको बैठकलाई महासचिव विप्लव सीले सम्बोधन गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम सकिएको छ । गत मङ्सिर २७ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा पोलिट ब्युरो सदस्य हुँदै केन्द्रिय सदस्यहरुले महासचिव विप्लवद्वारा प्रस्तुत `साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध दृढतापुर्वक मोर्चा खडा गरौं,_ समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं´ शीर्षकको दस्तावेजमाथि धारणा राखिसकेपछि आज स्थायी समिति सदस्य र महासचिव विप्लव सीले सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ ।
