रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

२०८१ पुष २ गते, मंगलवार


काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले गत कार्तिक २ गते पक्राउ गरेको थियो। उनमाथि आज ८औं पटक म्याद थप गरिएको हो।
कास्की प्रहरीले सो सहकारी ठगीमा संलग्न रहेको आरोपमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरिसकेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारी ठगी मुद्दा आगामी पुस ५ गते अभियोजन गर्ने तयारी गरेको छ। तर, लामिछानेलाई हिरासतमा राख्न अदालतले दिएको पछिल्लो पटकको अनुमति आज सकिएसँगै उनीसहित ५ जनालाई अदालतमा पेश गरिएको थियो।
लामिछानेविरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने भएकाले पुस ५ गते उनीविरुद्ध अभियोग पत्र दायर गर्न लागिएको हो।
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्ने भएकाले लामिछानेलाई पनि जोशी पक्राउ गरेको मितिबाट म्याद मिलाइएको छ। उनलाई प्रहरीले गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो। पछिल्लो दुई महिनामा उनलाई कास्की, काठमाडौं, चितवन र पर्सा अदातलमा उपस्थित गराएर अनुसन्धान भइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु