नेकपा केन्द्रीय प्रतिनिधि समितिको बैठकमा समूहगत धारणा राख्ने क्रम सकियाे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे जारी केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा समूहगत धारणा राख्ने क्रम सकिएकाे छ । बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलबाट आएका सुझावसहित १४ वटा समूहका नेताहरूले धारणा राखेका थिए ।

बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत प्रतिवेदनमाथि पूर्वी लम्बिनीबाट विरेन्द्र सी, गण्डकीबाट काजी सी, पूर्वबाट हुकुम सी, जवस माेर्चाबाट विश्लेषण सी, बागमतीबाट श्रीजन सी, विशेषबाट कान्छाराम सी, मधेसबाट रामनारायण सी, रातिय/क्षेत्रिय माेर्चाबाट इन्द्र सी, कर्णालीबाट भीमसेन सी, सुदूरपश्चिमबाट बिनाेद सी, उपत्यकाबाट ललित सी, केन्द्रीय कार्यालयबाट विक्रम सी र विभागबाट जयन्त सीले समूहगत धारणा राखेका थिए ।
धारणा राख्ने १४ वटा समूहका नेताहरूले महासचिवकाे प्रस्तावकाे समर्थन गर्दै यसलाई कडाई पूर्वक कार्यान्वयन गर्नुपर्ने धारणा राखेको बताइएको छ ।
