नेकपाका शिर्षस्थ नेतासहित केन्द्रीय प्रतिनिधि सदस्यद्वारा श्रमदान

२०८१ पुष ६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्य भरत सी, शिलु सीसहित केन्द्रीय प्रतिनिधि सदस्यले तीन वटा समूहमा विभाजित भएर तीन फरक फरक क्षेत्रमा श्रमदान गरेका हुन् ।


महासचिव विप्लवकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश (उपत्यका बाहेक) काे समूहले केन्द्रीय कार्यालय परिसरभित्र रहेकाे स्वीमिङ पुल (पौडी पाेखरी) वाल लगाएर घेरवार गरेकाे छ ।


स्थायी समिति सदस्य शीलु सीकाे नेतृत्वमा रहेकाे लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस र उपत्यका प्रदेशकाे समूहले माछापाेखरी सरसफाई गरेकाे छ भने पाेलिटव्युराे सदस्य कृति सी नेतृत्वको किंरात लिम्बुवान प्रदेशले ढुङ्गा बाेकेर श्रमदान गरेकाे छ ।

oppo_34

केन्द्रीय प्रतिनिधि समितिकाे छैठौं पूर्ण बैठकका एजेण्डा अन्तरगत श्रम गरिएकाे नेपालका प्रवक्ता प्रकाण्ड सीले बताए । जनता दु:खमा रहेकाे र जनताका दुखकाे अन्त्यका लागि आफ्नाे पार्टीले श्रम संस्कृतिकाे विकास गरेकाे भन्दै त्यसकाे कार्यान्वयनका लागि बैठककाे एजेण्डामै श्रम राखिएकाे बताए ।

प्रतिक्रियाहरु

[anycomment]