एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आगामी बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।