वडा अध्यक्ष न्हुच्छे महर्जन पक्राउ

२०८१ पुष ८ गते, सोमबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । उनलाई ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।
चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु