नेकपाका प्रवक्ता प्रकाण्ड सीद्वारा कृषि उत्पादन केन्द्रको अवलोकन

२०८१ पुष १२ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सो पार्टीको केन्द्रीय उत्पादन विभागद्वारा संचालित बाँकेको कृषि उत्पादन केन्द्रको अवलोकन गरेका छन् । प्रवक्ता प्रकाण्डले बुधबार बाँकेको खजुरामा संचालन गरिएको १२ विगाह जमिनको कृषि उत्पादनको अवलोकन गरेका हुन् ।
नेकपाको केन्द्रीय उत्पादन विभागले खजुरामा करिव १२ विगाह जग्गा लिज्मा लिएर कृषि क्रान्ति गरिरहेको छ । नेकपाका केन्द्रीय सदस्य विराट सीको नेतृत्वमा उत्पादनको काम यसैवर्षबाट सुरु भएको हो । उत्पादन केन्द्रको लिएका विराट सीका अनुसार अहिले १२ विगाह जमिन पार्टीले लिजमा लिएको छ । नेकपाले गत असारको धानवाली करिव ६ विगाह जमिनमा रोपेको थियो भने करिव १०० क्वईन्ट वढी धान उत्पादन गरेको थियो । अहिले भने थप ६ विगाह जग्गा नेकपाले वढाएको छ । नेकपाले बाँकेलाई कृषि क्षेत्रकै नमुना उत्पादन बनाउने लक्ष्य राखेको छ ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले खजुरा पुगेर आलुखेतीको अवलोकन गर्दै उत्पादनमा पार्टीको पुरा साथ रहने प्रतिवद्धता जनाएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]