‘गिरिबन्धु टिस्टेटमा ओलीको बदमासीको पर्दाफास गरेरै छोड्छु’

२०८१ पुष १५ गते, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको बदमासीको पर्दाफास गरेरै छोड्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाए ।
उनले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भूटानी शरणार्थी प्रकरणम बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बतार । उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताए ।
अध्यक्ष प्रचण्डले गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले बद्मासी गरेको आरोप लगाउँदै बद्मासीको पर्दाफास गरेरै छोड्ने घोषणा गरे । उनले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिवद्धता जनाउदै संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]