नेकपाद्वारा ‘राज्य व्यवस्था विभाग’ गठन

२०८१ पुष १८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे गत मङ्‌सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले ‘राज्य व्यवस्था विभाग गठन गरेको छ। नेकपाकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज उमा सी शिलुकाे संयाेजकत्वमा ‘राज्य व्यवस्था विभाग गठन गरेको नेकपा केन्द्रीय कार्यालय स्राेतले बताएको छ ।
केन्द्रीय नेताहरू कपिल सी, दिनेश सीसमेत रहेको तीन सदस्यीय विभागले सुरक्षाकर्मी, कर्मचारी, गैसस, बाैद्धिक व्यक्तित्व, व्यापारिक- व्यवसायिक व्यक्तित्वहरुसँग सम्वाद गर्नेछ । राष्ट्रियता र जनतन्त्रकाे लागि सहकार्यकाे वातावरण तयार गर्नेछ र पार्टीमा नीति निर्माणकाे लागि प्रतिवेदन प्रस्तुत लक्ष्य लिएको जनप्रचार तथा प्रकाशन विभाग इञ्चार्ज अनिल सीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु