१८ जना सहसचिवमा बढुवा सिफारिस

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले १८ जनालाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। सचिवालयले योग्यताक्रमका आधारमा उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरेको हो। सचिवालयले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार सहसचिवमा प्रेमप्रसाद लुइटेल पहिलो नम्बरमा छन् । बढुवा हुनेहरूमा रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनीता भट्टराई, दिलकुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोकबहादुर सुनार, जगदीश्वर उपाध्याय र नारद गौतम छन् ।
निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही पनि बढुवाका लागि सिफारिस भएका छन्।
