बुटवलका इन्टरनेट प्रदायक ४ संस्थामा तालाबन्दी

२०८१ पुष २५ गते, बिहीबार

काठमाडौँ । नेकपानिकट युवा संगठन नेपालले बुटवलका ४ इन्टरनेट प्रदायक संस्थामा तालाबन्दी गरेको छ । बुटवलमा कार्यालय रहेका वर्ल्डलिंक, भाइनेट, क्लासिकटेक र डिसहोम फाइवरनेटको कार्यालयमा तालाबन्दी गरिएको हो ।
गत मंसिर ८ गते बुटवलको मैनाबगरमा भएको इन्टरनेटको तारमा परि दुर्घटना हुँदा ज्यान गुमाएका ४५ वर्षीय गोरे सुनारलाई समयमा न्याय नदिएकोले ताला बन्दी गरिएको संगठनले जनाएको छ । निर्माण मजदुरको काम गर्ने गोरेको सो दिन काम सकेर घर फर्किने क्रममा राती अन्दाजी ७ बजे बिजुलीको पोलबाट चुँडिएर झरेको तारमा अल्झिदा करेन्ट लागेर मृत्यु भएको थियो । एक्लै बस्दै आएका उनको घटनापछि प्रहरीले कन्चन-५ सन्डुवा बस्ने भाउजु खगिशरा सुनारलाई खबर गरेपछि अस्पतालमा आउँदा मृत्यु भइसकेको थियो । प्रहरीलाई स्थानीयले खबर गरेपछि घटनास्थल आउँदा उनको तारमा अल्झिएर घटना भएको भनेपनि पछि पोष्टमार्टम गर्दा करेन्टलागी मृत्यु भएको र सोही बमोजिम मुचुल्कासमेत बनेको परिवारले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालयमा ति इन्टरनेट प्रदायक संस्थासंग पीडितका परिवारले न्यायका लागि पटकपटक छलफल गरेपनि समयमा न्याय सम्पादन नगरेपछि पीडितहरुले नेकपालाई न्यायका लागि अनुरोध गरेका थिए । दुईपटक छलफल भएर माथी सल्लाह गरी निष्कर्ष निकाल्छौं भनेका उनीहरु प्रहरीले समेत बोलाउँदा छलफलमा नगएकोले यो कदम चाल्नुपरेको पीडित बताउँछन् ।” प्रहरीले पत्र काट्छु भनेको थियो तर हामीलाई खबर भएन । बाटामा छरपस्ट तार बिछाउने मान्छे मर्ने हामी घटना सहेर बस्नुपर्ने ? हामीलाई न्याय भएन त्यसैले नेकपालाई गुहारेका हौं ।” पीडित खगिशराले भनिन् ।
युवा संगठनले छलफल गर्दा माथिल्लो निकायसंग जानकारी गराई ३ दिनभित्र बस्ने भनेका तर तीन दिनपछि फेरी जाँदा समेत कुनै निकास नदिने र आलटाल गरेपछि पिडितको आग्रहमा तालाबन्दी गर्नुपरेको युवा संघठनका जिल्ला अध्यक्ष हरी सीले जनाए ।
यता इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंक बुटवलका प्रमुख डेमलाल भुसाललाई बुझ्दा केन्द्रमा जानकारी गराइएको र निकासका लागि छलफल भइरहेको भएपनि एक्कासी ताला लगाउँदा अप्ठेरो परेको बताएका छन् । हाम्रो इन्टरनेटको तारबाट करेन्ट प्रवाह हुँदैन कसरी घटना घट्यो हामी अचम्मित परेका छौं फेरिपनि के गर्न सकिन्छ हामी छलफल गर्दैछौं भन्दै उनले तालबन्दी निकास नहुने बताएका छन् ।– विनोद खनाल

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु