न्यायपरिषद् सदस्यमा वरिष्ठ अविधक्ता खड्का सिफारिस

२०८१ पुष २८ गते, आईतवार


काठमाडौँ । नेपाल बार एशोसिएशनले न्यायपरिषद् सदस्यमा वरिष्ठ अविधक्ता दामोदर खड्काको नाम सिफारिस गरेको छ। दुई सदस्यमध्ये एकजना नेपाल बार एशोसिएशनबाट र एकजना प्रधानमन्त्रीबाट सिफारिस हुने संवैधानिक व्यवस्थाबमोजिम खाली रहेको बारबाट सिफारिस हुने सदस्यको रुपमा खड्काको नाम बारले सिफारिस गरेको हो।
नेपालका संविधानको धारा १५३ ले नेपाल बार एशोसिएशनको सिफारिसमा बीसबर्षबढीको अनुभव भएका बरिष्ठ अधिवक्ता वा अधिवक्तालाई राष्ट्रपतिबाट सदस्यमा नियुक्त गरिने व्यवस्था रहेको छ।
गत मंसिर १५ मा चारबर्षको कार्यकाल पूरा गरी रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि उक्त स्थान खाली थियो।
सर्वोच्च अदालतमा हाल चार पद खाली छन भने उच्चमा अठार र जिल्ला अदालतमा समेत चौध पद रिक्त रहेका छन्। न्यायाधीश छान्ने निकायकै पदाधिकारी रिक्त भएको अवस्थामा न्यायाधीश छान्ने कार्यमा बाधा उत्पन्न हुनु अस्वाभाविक पनि होइन। न्यायपरिषद्का एक सदस्य पद रिक्त भएकै कारण नवनियुक्त प्रधानन्यायाधीश राउत नेतृत्वको न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन।

प्रतिक्रियाहरु

[anycomment]