प्रतिपक्षी दलले संसद अधिवेशन बोलाउन दबाब दिने !

२०८१ माघ २ गते, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको बताइएको छ । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णय गरेको जानकारी दिए ।
यसैगरी, बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको बताइएको छ ।
बैठकमा एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]