३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु

२०८१ माघ ५ गते, शनिबार


काठमाडौँ । आज युवा संगठन नेपालले नेकपा र सरकारविच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले ५ वर्ष पुग्न लाग्दासमेत राज्यले ३ बुँदे सहमति कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै चितवनवाट हस्ताक्षर अभियान सुरु गरेको बताएको छ ।
उक्त हस्ताक्षर अभियान सुरु गर्दै युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति भएको ५ वर्ष पुग्न लाग्दासमेत राज्यले कार्यान्वयन नगर्नु भनेको गम्भीर षडयन्त्र भएको भन्दै राज्य सहमतिवाट भागेको आरोप लगाए । उनले ३ बुँदे सहमति तत्काल लागू गर्न प्रधानमन्त्री केपि ओलिलाई आग्रह गरे ।
अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति राज्यले कार्यान्वयन नगरे थप संघर्ष अगाडि बडाउने वताए ।


उक्त हस्ताक्षर अभियान कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य चितवन इन्चार्ज उत्सव सी, केन्द्रिय सदस्य तथा सेक्रेटरी रुद्र सी , केन्द्रिय सदस्य सिसम सी, युवाका जिल्ला इन्चार्ज अशोक सी, केन्द्रीय सदस्यहरु हिमाल सी, पारस सी, सम्झना सी, सन्तोस सी, आकाश सीलगायतका युवाहरुको सहभागिता थियो । अभियान माघ ८ सम्म चल्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु