नेकपा (एकीकृत समाजवादी) ३२ लाख घाटामा !

२०८१ माघ ७ गते, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको तथ्य सार्वजनिक भएको छ। सो पार्टीद्वारा सार्वजनिक लेखापरीक्षण प्रतिवेदन अनुसार नेकपा (एकीकृत समाजवादी) २ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको छ। गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च देखाइएको छ । लेखापरिक्षण प्रतिवेदनअनुसार एकीकृत समाजवादी कूल ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको छ ।
पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ।
सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]