माओवादी केन्द्र र एमालेका नेता नेकपामा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर सर्लाहीका अध्यक्ष एस.पी. गाैरव नेकपामा प्रवेश गरेका छन् । गाैरवकाे बहिर्गमनले मधेसमा माओवादीलाई ठूलो धक्का लागेको छ । त्यसैगरी एमालेका नेता लालुदेवी दनुवार (महेन्द्रनगर, धनुषा) लगायतका नेताहरू नेकपा प्रवेश गरेका छन् । लालुदेवी जनयुद्धकालमा शिला यादव, महादेव यादव, इन्द्रदेव यादव लगायत नेताहरूसँग काम गरेकी थिइन् । ध्रुवीकृत हुनेहरूलाई नेकपाका प्रदेश इन्चार्ज अनिल सीले दाेसल्ला ओढाएर स्वागत गरेका थिए ।