एमालेको विधान अधिवेशन आगामी भदौ २० गतेदेखि

२०८१ माघ ९ गते, बुधबार


काठमाडौँ । नेकपा एमालेले आगामी भदौ २० गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै बैठकले वामदेव गौतम नेतृत्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]