मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०८१ माघ ९ गते, बुधबार


काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले यही माघ ७ गते बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । प्रवक्ता गुरुङका अनुसार बैठकले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय छ, भने एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ ।
यसैगरी, मन्त्रिपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको कार्याविधि ३५ दिन थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]