नेपाली विशेषताको समाजवादवाट मात्र महिला मुक्ति सम्भव

२०८१ माघ १२ गते, शनिबार


काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीले नेपाली विशेषताको समाजवादवाट मात्र महिला मुक्ति सम्भव हुने ठोकुवा गरेकी छन। अखिल नेपाल महिला संघ क्रान्तिकारी भरतपुर महानगरको समितिकाे प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष भृकुटी सीले सामन्तवादले महिलालाई दास बनाएकाे, दाेस्राे दर्जाकाे नागरिकमा परिणत गरेकाे र दलाल पुँजीवादले महिलालाई वस्तुकरण गदै, शरिर बेचेर खाने ठाउँमा पुर्याएकाे बताइन् । उनले दलाल पुँजीवादले राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृति, शिक्षा, स्वास्थ्य रोजगारीमा ठूलाे असमानता र शाेषणले अत्याचारकाे मार महिलाले खेपिरहनुपरेकाे ठाेकुवा गरिन् ।
उपाध्यक्ष भृकुटी सीले नेकपाकाे नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत हुने नेपाली विषेशताको समाजवादमा राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृति, शिक्षा, स्वास्थ्या रोजगारीमा देखिएको ठूलाे असमानता र शाेषणकाे अन्त्य हुनेसमेत बताइन् ।
“वैदेशिक हस्तक्षेप र महिला उत्पीडनका विरुद्ध हाम्रो आन्दोलन, आर्थिक आत्मनिर्भरता र समान अधिकारको लागि प्रथम महानगर सम्मेलन” भन्ने मुल नाराका साथ सुरू भएकाे अखिल नेपाल महिला संघ क्रान्तिकारी भरतपुर महानगरको समितिकाे प्रथम जिल्ला सम्मेलनमा २५० बढी महिलाहरूकाे उपस्थिति रहेकाे थियाे । सम्मेलनले सरस्वती सीकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
उक्त सम्मेलनमा नेकपा चितवन जिल्ला इन्चार्ज उत्सव सी, सेक्रेटरी रुद्र सी, सामना साँस्कृतिक परिवारका कमाण्डर आराेह सी, महिलाकाे चितवन जिल्ला इन्चार्ज सिसम सी, नेकपा महानगर इन्चार्ज अजिव सीलगायतले बधाई तथा सुभकामना मन्तब्य राखेका थिए ।
सरस्वती सीकाे अध्यक्षतामा सुरू भएकाे उक्त कार्यक्रमकाे संचालन मिना सीले गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]