समाजवादी मोर्चा बिचार सभा गर्दै

२०८१ माघ १४ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादीलगायतका राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा नेपालले भोलि माघ १५ गते ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक बिचार सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले समाजवादी मोर्चा नेपालले भोलि माघ १५ गते ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक बिचार सभा गर्न लागेको जानकारी दिए। उनले भोलि (माघ १५ गते)दिउँसो १:०० बजे प्रज्ञाभवन, कमलादीमा हुने उक्त कार्यक्रममा सहभागिता जनाउन आम जनसमुदायलाई आग्रह गर्दै उक्त कार्यक्रमको समाचार संकलन र प्रशारणका निम्ति सम्पूर्ण संचार माध्यमलाई आग्रह समेत गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]