समाजवादी मोर्चासम्बद्ध युवाले माघ १८ गते प्रदर्शन गर्ने

काठमाडौँ। समाजवादी मोर्चा नेपालनिकट युवाहरुले माघ १८ गते जनताको अधिकार र जनजीवनस्तरको सुधारको पक्षमा प्रदर्शन गर्ने भएका छन् । मोर्चा सम्बद्ध चार युवा संगठनको बैठकले १८ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।
उक्त प्रदर्शनमा सक्रिय सहभागीता जनाइदिनुहुन सम्पूर्ण नागरिक, श्रमजीवी र युवा समुदायलाई चार वटै संगठनले संयुक्त रुपमा विशेष आह्वान गरेका छन् । बुधबार बेलुका चार संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै देशका आम नागरिक र युवाहरूले भोग्नु परेको समस्या र नेकपा तथा राज्यबीच भएको ३ बुँदे सहमति कार्यन्वयन नभएको बारे हाम्रो गम्भीर र गहन छलाफल जनाएका छन् । साथै समाजवादी मोर्चा, नेपाल सम्बद्ध ४ युवा संगठन देश र जनताले भोगेको समस्याप्रति गम्भीरभएको समेत उल्लेख गरेका छन् ।
