समाजवादी मोर्चानिकट युवा संगठनद्वारा विरोध प्रदर्शन

काठमाडौँ । समाजवादी मोर्चानिकट युवा संगठनहरुले भ्रष्टाचार, कालोबजारी र महंगीका विरूद्ध प्रदर्शन गरेको छ। युवा संगठन नेपाल, योङ कम्युनिष्ट लिग, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ सम्मिलित मोर्चाको विरोध प्रदर्शन माइतीघर मण्डलबाट सुरु भएर नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो।
प्रदर्शनकारीले नेकपा र राज्यबीच भएको ३ बुँदे सहमित कार्यान्वयन गर, महङ्गी नियन्त्रण गर, भ्रष्टाचारी कारवाही गर, सम्पूर्ण प्रगतिशील वामपन्थी तथा देशभक्त युवाहरू एक होऔँ, भ्रष्टचारीलाई संरक्षण गर्नु जघन्य अपराध हो, सुशासन कार्यान्वयन गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए।
हालको गठबन्धन सरकारविरुद्ध समेत नारा लगाएका प्रदर्शनकारी ‘संयुक्त विरोध प्रदर्शन’ लेखिएको ब्यानर बोकेका थिए।