भारतिय साम्राज्यवादको हस्तक्षेपविरुद्ध लड्न आह्वान !

२०८१ माघ २२ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले भारतिय साम्राज्यवादको हस्तक्षेप विरुद्ध लड्न आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीले मंगलवार एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्।
अध्यक्ष दिनेश सीले ०८१ माघ १९ गते सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी नगरपालीका, वार्ड नम्बर– ०८ धामी टोल स्थित दशगजामा भारतीय पक्षवाट नेपाली भुमी अतिक्रमण गर्दै संरचना निर्माणका लागी गरेको हस्तक्षेपकारी, रबैया प्रति युवा संगठन नेपाल, केन्द्रिय समितिको गम्भिररुपले ध्यानाकर्षण भएको बताउदै उक्त भारतीय साम्राज्यवादले गरेको हस्तक्षेपकारी रबैया र नेपाल सरकारको बेखवर, मुकदर्शक र लाचारीपनको निन्दा एवं भ्रत्सना गरेका छन् ।
उनले बिज्ञप्तिमा नेपालको स्वतन्त्रता, स्वाधिन्ता, अखण्डता र भुमिमा बारम्बार भारतीय साम्राज्यवादको गिद्धेनजर पर्दै आएको उल्लेख गर्दै यो नेपाली जनता र युवाहरुका लागी स्विकार्य नभएको बताएका छन ।
अध्यक्ष दिनेश सीले आफ्नो भुमिका लागी सिमानामा देशभक्त जनता लडिरहेको भन्दै दलाल राज्यले कुटनैतिक पहल र समस्या समाधानका लागी जिम्मेवार बन्न नसकिरहेको ठोकुवा गरेका छन । उनले नेपाललाई स्वाधिन देश बनाउन सम्पूर्ण देशभक्त, क्रान्तिकारी, राष्ट्रप्रेमी युवाहरु एकतावद्ध भएर सबै खाले हस्तक्षेपकारी साम्राज्वादका विरुद्ध लड्न आह्वानसमेत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु