युवा संगठन नेपालले भारतद्वारा अतिक्रमित सीमा क्षेत्रमा राष्ट्रिय झण्डा गाड्यो !

२०८१ माघ २३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, कंचनपुर र कैलालीले भारतले दोधारा चाँदनी वार्ड नम्बर ०८ धामी टोलस्थित दशगजा क्षेत्रमा भारतिय एसएसबिले गरेको सिमा अतिक्रमणबिरुद्ध जनप्रदर्शन सिमानामा राष्ट्रिय झण्डा गाडेको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा कंचनपुर जिल्ला इन्चार्ज विराट सीले राष्ट्रिय स्वाधिनाताको लागि युवा संगठन नेपाल सदैब लड्न तयार रहेको वताए । उनले नेकपाका नेता – कार्यकर्ता आवश्यक परे देशको लागि वलिदान दिनपनि तयार रहेको वताए ।
उक्त सिमा निरीक्षण तथा विरोध कार्यक्रममा संगठनका केन्द्रिय सदस्य हिमाल सीलगायतका नेकपाका नेता -कार्यकर्ता र स्थानिय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु