नेकपा दोलखाद्वारा ६ महिने आवधिक योजना तथा कार्यक्रमलाई नयाँ उचाइमा पुर्‍याउने उद्घोष

२०८१ माघ ३० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दोलखाले पार्टीको आगामी ६ महिने आवधिक योजना तथा कार्यक्रमलाई नयाँ उचाइमा पुर्‍याउने निर्णय गरेको छ। सो पार्टीको को सातौं पूर्ण बैठकले उक्त निर्णय गरेक्पो बताइएको छ ।
नेकपा दोलखाका सेक्रेटरी राजकुमार सीको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रमुख अतिथिका रुपमा पार्टी केन्द्रीय सदस्य प्रेम सी र अतिथि केन्द्रीय सल्लाहकार समिति सदस्य यादव सीसहित केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु दिपक सी, भक्त सी, जयकुमार सी, दयाराम सी, जित सी, पदम सीलगायत सहभागी रहेका थिए ।
उक्त बैठकमा मन्तव्य राख्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज प्रेम सीले पार्टी केन्द्रिय समितिले पारित गरेका ६ महिने आवधिक योजना तथा कार्यक्रमहरुलाई जिल्लाको सापेक्षतामा व्यापक रुपमा लागू गर्न थप नयाँ उचाईमा सफलता हासिल गर्न कडा मिहिनेतका साथ फिल्डमा उत्रन सबै जिल्ला समितिका सदस्यहरुलाई आग्रह गरे । उनले नेकपाको विचार, नीति, कार्यक्रम र योजनालाई जनताको घर-आँगनमा पुर्याउन जोड दिनु पर्ने बताए । उनले एकीकृत जनक्रान्तिमा दोलखा जिल्लाको सशक्त योगदान रहदै आएकोमा पार्टी, विद्यार्थी, युवा लगाएत सबै नेता-कार्यकताहरुको उच्च प्रशंसा समेत गरे ।
नेता प्रेम सीले एकीकृत जनक्रान्तिमा शुद्दीकरण-सुदृढीकणसहित सशक्त ढंगले जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण अभियान अघि बढिरहेकोमा खुशी व्यक्त गरे । त्यसको निम्ति नेकपाले निरन्तर जनदिशा पकड्नु पर्नेमा समेत जोड दिए । उनले नेपाली जनताको सपना समाजवादको बाधकका रुपमा रहेको साम्राज्यवाद र दलाल पुँजीवादलाई परास्त गर्न नेकपाले जनदिशा अनुरुप अघि बढिरहेको बताउँदै दोलखा जिल्लाको अहं भूमिका रहने त्यसलाई पूरा गर्न कुनै कसर बाँकी नराख्न अपिलसमेत गरे । उनलेे भने,’दलाल पुँजीवादी संसदवादी दलहरूले गरेका राष्ट्रघात, भ्रष्टाचार र अनियमितताका कारण जनता दिनप्रतिदिन संसदवादी भ्रष्ट तत्व र व्यवस्थाबाट आम नागरिक आजित भएका छन् । वर्तमान राष्ट्रिय संकटको कारण दलाल पुँजीवादी नेता, पार्टी र व्यवस्थाको असफलता भएकोले त्यसलाई बदल्नुको विकल्प छैन ।’
नेता प्रेम सीले नेकपा यसको विचार र नेतृत्व नयाँ वैकल्पिक शक्तिको रुपमा स्थापित हुन पुगेको भन्दै त्यसैले जिल्लामा सबै समाजवादी, कम्युनिस्ट शक्ति, देशभक्त र लोकतान्त्रिक शक्ति समेतलाई गोलबन्द गरेर अघि बढ्न तयार हुनु पर्ने बताए । उनले नेकपाले विकास गरेको उत्पादनमा केन्द्रित एकीकृत स्वामित्वसहितको नयाँ आर्थिक मार्ग, दर्शनको अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरण, असल वैज्ञानिक विचार र कुशल नेतृत्वका कारण जनताको अपेक्षा र आकर्षण एकीकृत जनक्रान्ति र यसको नेतृत्वतिर बढ्दै गएको बताए । नेपाली जनताको आशा र भरोशालाई एकीकृत जनक्रान्तिले पूरा गर्न सिंगो जिल्ला पार्टी परिपक्व ढंगले अघि बढिरहेको समेत दाबी गरे ।
त्यसैगरी उक्त बैठकमा मन्तव्य राख्दै केन्द्रिय सल्लाहकार समितिका सदस्य यादव सीले दोलखा जिल्ला कम्युनिस्ट क्रान्तिकारीहरुको उर्वरभूमि रहेकाले सबैले जोस, साहस र हौसलाका साथ काम गरि जनताको मन जित्नु पर्ने बताएका थिए । उनलेे भने-’यो एउटा नवीन समय भएकाले हाम्रो पार्टीले ऐतिहासिक काम गर्नु पर्नेछ । जनसेवा र जनसंगठन केन्द्रित अभियानहरु संचालन गरिने योजना बनेको छ । संगठनको क्षेत्रमा आवश्यकता अनुसार नयाँ जिम्मेवारी तोकिएको छ । जिम्मेवारी प्राप्त गर्ने कमरेडहरुले परिणाम निकाल्ने गरि काम गर्नुपर्ने छ ।
यसैगरी, उक्त बैठकले जिल्लामा राजनीतिक सम्वाद समिति, आर्थिक समिति, जनताका मौलिक जनसंस्कृति संरक्षण समिति, उत्पादन समिति, प्रचारप्रसार समिति लगाएत विभिन्न समिति निर्माण गरि जिम्मेवारी प्रदान गरिएको छ ।
अन्तमा बैठकका निर्णय, योजना तथा कार्यक्रमहरुलाई आ-आफ्नो कार्यक्षेत्रमा तिव्र इच्छा, साहस र दृढताका साथ योजनालाई सफल ढंगले लागू गर्न र परिणाममा बदल्ने प्रतिबद्दता गर्दै बैठकका अध्यक्ष राजकुमार सीले बैठकलाई समापन गरेका थिए ।
उक्त बैठकमा नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु दिपक सी, भक्त सी, जयकुमार सी, दयाराम सी, जित सी, पदम सीलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेकपा एसद्वारा आन्दोलनको घोषणा

२०८१ चैत्र १ गते, शुक्रबार

समाजवादी मोर्चाको बैठक सुरु

२०८१ चैत्र १ गते, शुक्रबार

देशभरका सडकलाई ७ भागमा बाँडिदै

२०८१ फाल्गुन २९ गते, बिहीबार