जनयुद्ध दिवसप्रति ऐक्यबद्धता

२०८१ फाल्गुन १ गते, बिहीबार


काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जनयुद्ध दिवसप्रति ऐक्यबद्धता जाहेर गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले ३० औं जनयुद्ध दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो ऐक्यबद्धता जाहेर गरेका हुन्।
यस बिषयमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘ आज फागुन १ गते । नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक दिन । आजकै दिन अर्थात् २०५२ फागुन १ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) महान् दस वर्षे सशस्त्र जनयुद्धको थालनी गरेको दिन । त्यसैले क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु , जबस मोर्चाहरु र आम मुक्तिकामी जनसमुदायले आज ३० औं महान् जनयुद्ध दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस अवसरमा संसारभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार केन्द्रले यस महान् दश वर्षे ३० आौं जनयुद्धको दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ।


तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) द्वारा सञ्चालन गरिएको महान् दश वर्षे सशस्त्र जनयुद्ध साम्राज्यवाद , विस्तारवाद र सामन्तवादका आडभरोसामा टिकेको तत्कालीन राजतन्त्रात्मक बहुदलिय राज्यव्यवस्थालाई ध्वंस गरेर त्यसको ठाउँमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरि वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्न महान् जनयुद्धको थालनी गरिएको नेपाली समाजलाई राजनीतिक , आर्थिक , सामाजिक , साँस्कृतिक समेतको आमूल परिवर्तन गर्ने समग्र वर्गयुध्द थियो जसले २४० वर्षे सामन्ती राजतन्त्रको अन्त्य गरेर सिमित मात्रको प्रजातान्त्रिक अधिकार सहितको संघीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्ने उपलब्धि हाँसिल गर्नसम्म सफल भयो ।
आज सबैखाले प्रतिक्रियावादीहरु , दक्षिणपन्थी संशोधनवादीहरु ,नवसंशोधनवादीहरु , छद्म संशोधनवादीहरु समेत महान् दश वर्षे सशस्त्र जनयुद्धलाई विद्रुपिकरण गर्न कम्मर कसेर लागि परेका छन् । यसप्रकारको अवस्थामा जनताका ती दुश्मनहरुलाई परास्त गरि नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना गर्नका निम्ति टुटफुट र विभाजित अवस्थामा रहेका क्रान्तिकारी धाराका क्रान्तिकारी माओवादी पार्टीहरु र व्यक्तिहरु एकताबध्द भएर बढेमा मात्र सच्चा जनयुद्ध दिवस मनाउनुको सार्थकता रहनेछ ।’

प्रतिक्रियाहरु

[anycomment]