युवा संगठन नेपाल भरतपुर महानगरको अध्यक्षमा गौरव सी

२०८१ फाल्गुन २ गते, शुक्रबार


काठमाडौँ । युवा संगठन नेपाल, चितवन भरतपुर महानगरपालिकाको तेस्रो सम्मेलनले गौरव सीको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दो युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीले नेपाली युवाहरु प्रत्येक दिन विदेशिदै गरेको पनि राज्य रमिता हेरेर बसिरहेको बताए। उनले विदेशवाट आएको रेमिटेन्सले नेपालको अर्थतन्त्र धानिएको र नेपालका दलालहरुले त्यो रकममा रजाई गरेको र अर्थतन्त्र लुटेको वताए।
अध्यक्ष दिनेश सीले नेपालको युवा आन्दोलनको नेतृत्व अव संगठनको काँधमा आएको र त्यसका लागि सवै युवाहरुलाई संगठनमा जोड्नु पर्ने वताए। उनले दलाल पुजीवादी सत्तालाई ढालेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वानसमेत गरे।
अध्यक्ष दिनेश सीले जनयुद्धलाई हिँसा भन्ने गरेको प्रति आपत्ति जनाउदै त्यो प्रतिक्रान्तिको विचलित मानसिकता भएकोसमेत वताए ।


उक्त सम्मेलनमा बिशिष्ठ अतिथिमा नेकपाका केन्द्रिय सदस्य चितवन जिल्ला इन्चार्ज, रहेका थिए भने अतिथिहरुमा नेकपाका केन्द्रिय सदस्य रुद्र सी, युवा संगठन नेपालका केन्द्रिय सचिव तथा वागमति प्रदेश इन्चार्ज अनिल सी, दिनेश सी, केन्द्रिय प्रतिनिधि सदस्यहरुमा भरत सी, अजिव सी, महेन्द्र सी, धर्म सी, युवा संगठन नेपाल केन्द्रिय समितिका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अशोक सी, केन्द्रिय सदस्यहरुमा पारस, हिमाल सी, संतोष सी, सम्झना सी,आकाश सी, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेकपा एसद्वारा आन्दोलनको घोषणा

२०८१ चैत्र १ गते, शुक्रबार

समाजवादी मोर्चाको बैठक सुरु

२०८१ चैत्र १ गते, शुक्रबार

देशभरका सडकलाई ७ भागमा बाँडिदै

२०८१ फाल्गुन २९ गते, बिहीबार